बिएल संवाददाता
अन्तर्राष्ट्रिय संरक्षकविद् तथा कन्जर्भेसन चिफ एकेडेमीका ‘मेन्टर’ ल्यारी यामनिट्जले कुनै पनि संस्थाले आफ्नो ‘ब्रान्ड’ लाई स्थापित गराउन आफ्नो प्रोडक्ट र भावी योजनाको विषयमा जानकारी दिन आवश्यक रहेको औल्याएका छन्।
अमेरिकाको न्युयोर्कमा बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै उनले बिएल नेपाली सेवाले शृंखलाबद्ध रूपमा अनलाइन संस्करणमार्फत सार्वजनिक गर्न लागेको ‘ब्राण्ड स्टोरी’ कार्यक्रमलाई अग्रिम शुभकामना दिए।
बिएल नेपाली सेवाले सुरू गर्न लागेको यो कार्यक्रम आफैंमा नयाँ सुरुवात भएको बताए। ‘तपाईँले आफ्नो कुरा अरूलाई बताउन जरूरि छ। अरूले तपाईको विषयमा के भन्छन्? के सोच्छन्? तपाईले आफ्नो प्रोडक्ट र भावी योजनाको विषयमा बताउन जरूरि छ। यसैलाई ब्राण्ड स्टोरी भनिन्छ,’ लिडरसिप कोचसमेत रहेका यमेजले भने।
उनले कुनै पनि कम्पनी कसरी अगाडि बढ्यो। यसको विशेषता के हो भन्ने कुराले खासै अर्थ नराख्ने। तर, कुनै कम्पनीले आफ्नो कहानी बताउँछ भने यसको ठूलो प्रभाव पार्ने बताए।
‘तपाईँले के गर्नुभयो र कसरी गर्नुभयो भन्ने कुरा मानिसलाई बुझाइरहन यसले खासै महत्व राख्दैन। जबसम्म तपाईसँग सुनाउनका लागि आफ्नै कुनै कहानी हुँदैन तबसम्म तपाईँको प्रोडक्टले पनि खासै अर्थ राख्दैन र सर्भिस सिस्टमले पनि खासै अर्थ हुँदैन,’ उनले भने।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया