अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायव उपरीक्षक (डिएसपी) अरुणकुमार शाहविरुद्ध मुद्दा दायर गरेको छ।
शाहले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डिएसपीसम्म बढुवा भएको पुष्टी भएसँगै आयोगले बिहीबार विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
शाहले परीक्षा नै दिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षकमा बढुवा भई जागिर खाइरहेको भन्ने सूचना आयोगले पाएको थियो।
सोही सूचनाका आधारमा अनुसन्धान गर्दा शाहले मगध विश्वविद्यालय, बोधगया भारतअन्तर्गतको बिडी इभिनिङ कलेज पटना १ बाट बिए तहको झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाएको आयोगले जनाएको छ।
उनले ती प्रमाणपत्र बुझाई इन्स्पेक्टर र डिएसपीसम्म बढुवा भएको आयोगले जनाएको छ।