चीनबाट उद्दार गरेको आफ्नो दुई सय नागरिकलाई अमेरिकाले गहन अध्ययनका लागि दुई दिनदेखि क्यालिफोर्नियाको एउटा सैन्य अखडा मार्च एयर बेसमा राखेको छ। उनीहरूलाई चिकित्सकीय जाँचपछि मात्र घर जान दिने बताइएको छ।
अमेरिकाले गत बुधबार वुहान शहरबाट आफ्नो नागरिकलाई उद्दार गरेको थियो। चीनबाट उद्दार गरिएको अधिकतम नागरिकमा राजनीतिज्ञ र उनको परिवारका सदस्य छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि आफूले चिनियाँ समकालिन सी चिनफिङसँग विशेष टेलिफोन वार्ता गरेको बताएका थिए। उनले कोरोना भाइरसको संक्रमणलाई रोक्न अमेरिकी सरकार चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए।
अमेरिकी चिकित्सक पनि निकै संवेदनशील बनेको यो भाइरसको रोगथामका लागि अनुसन्धानमा सक्रिय छन्।