मलाई श्रीमानले सघाइरहनु भएकाे छ, नयाँ फिल्म यही वर्ष आउँछ: सन्नी लियोन

क्यानडामा जन्मिएर हाल बलिउडमा जमिरहेकी अभिनेत्री सन्नी लियोन निकै चर्चामा छिन्। भारतका पुरातनवादीहरुबाट आफ्नो पोर्न विगतलाई लिएर लामै समयदेखि तारो बनिरहेकी लियोनलाई बलिउडमा अभिनेत्रीका रूपमा जम्न निकै मुश्किल परेको थियो।

लियोनका एडल्ट फिल्महरुमा ‘डिसेन्ट इन्टु बन्डेज’ र ‘कस्टम्ड डाम्सेल इन डिस्ट्रेस’ जस्ता फिल्म पर्छ जसमा कथाका नाममा केही पनि छैन। भारतीय सिनेमामा आफ्नो संक्रमणलाई कठिन मान्ने उनी अहिले भने बलिउडलाई आफ्नै घर सरह मान्छिन्। 

उनै लियोन अब निर्माता पनि हुने भएकी छन्। उनको निर्माणमा बन्ने पहिलाे फिल्मको सुटिङ सुरू भइसकेको बताएकी छिन्। ‘मेरो फिल्म यही वर्ष आउँछ। म उत्साहित छु। फिल्म आख्यान हो, यसमा कुनै सामाजिक सन्देश छैन। यो साइकोलोजिकल थ्रिलर फिल्म हो,’ उनले भनेकी छन्।

फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरले पनि सघाइरहेको उनले बताएकी छन्।

‘हामीले सही मान्छे र ठाउँ चुनेका छौं। मलाई श्रीमानले सघाइरहनु भएकाे छ। मसँग कुनै इगो पनि छैन। मेरा लागि सबै समान हुन्। म त सेटमा पर्‍यो भने अरूलाई चिया बाँड्न पनि तयार छु। त्यसैले हाम्रो फिल्म निर्माण र सुटिङ रोचक भइरहेको छ,’ उनले भनेकी छन्।

प्रकाशित मिति: : 2020-01-30 10:33:51

प्रतिकृया दिनुहोस्