गायक सुगमकाे ‘सरस्वती वन्दना’ सार्वजनिक

लामो समयदेखी गायन यात्रामा रहेका सुगम पोखरेले आफ्नो सातौ गीति संग्रह ‘श्वेत हंसिनी’ मा समाबेश शीर्ष गीत ‘सरस्वती वन्दना’ सार्वजनिक गरेका छन्। सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको  गीतमा शब्द तथा संगीत सुगम आफ्नैकाे रहेको छ भने संगीत संयोजन शैलेन्द्रबाबु प्रधानले गरेका छन्। 

फरक प्रकारको गीत संगीत दर्शक तथा श्रोतालाई प्रस्तुत गर्दै आए सुगमले सार्वजनिक गरेका यो गीत पनि फरक रहेको बताएका छन्। साथै उनले यो गीतलाई दर्शक तथा श्रोताहरुले पुराना गीत जस्तै मन पराउने आशा पनि ब्यक्त गरेका छन्। 

गीतको भिडियोलाई साइमन राई तथा दिनेश थापाले खिचेका हुन् भने सम्पादन इन्टेन्स एल्डका सुप्रिम पराजुली ले गरेका छन्। निर्देशन भने साइमन राईसँग मिलेर सुगम आफैले गरेका छन्। उक्त गीतलाई सुगमले आफ्नै युटुब मार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति: : 2020-01-30 10:12:37

प्रतिकृया दिनुहोस्