राजनीतिक बिषयवस्तुलाई समेटिएकाे चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार  काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलर रिलिज गरिएको हो।

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई देखाइएको छ। यो चलचित्रले विशेषगरि, पारिवारिक र राजनीतिक बिषयवस्तुलाई समेटेको छ। 

चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ। 

यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ।
 

प्रकाशित मिति: : 2020-01-30 06:30:26

प्रतिकृया दिनुहोस्