सात वर्षिया छोरीलाई करणी गर्ने बुवा पक्राउ

सांकेतिक तस्बिर

आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानकाई नगरपालिका–१ का ३० वर्षिया निवासी रहेका छन्।

मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी प्रहरीले जनाएको छ।

हजुरआमा शारीरिकरूपमा अशक्त रहेको अवस्थामा उनीसँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकरी दिए।

पक्राउ परेका बुवालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-30 01:01:54

प्रतिकृया दिनुहोस्