पश्चिमी न्युन चापीय प्रणाली सक्रिय, वर्षासँगै हिमपात हुने

भारतको उत्तर प्रदेश आसपास न्युनचापीय प्रणालीले  नेपालमा सामान्य  प्रभाव  परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त  चापीय प्रणालीको प्रभावका कारण नेपालमा मध्यम वर्षादेखि हिमपातको सम्भावना रहेको छ ।

हाल देशको मध्य क्षेत्रमा  सामान्य बदलि रहि १-२ स्थानहरुमा हल्का बर्षा भईरहेको छ र अन्य स्थानहरुमा आंसिकदेखि सामान्य बदलि रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपातको साथै पहाडी भू-भागका तथा तराई भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेका कारण सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध छ।

असोज १६ गते (बिहिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती:  देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २  स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।


असोज १७ गते (शुक्रबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती:  देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

असोज १८ गते (शनिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती:  देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

प्रकाशित मिति: : 2020-01-29 19:34:03

प्रतिकृया दिनुहोस्