ल्याटिन अमेरिकामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प

ल्याटिन अमेरिकामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार जमैकाको समुद्री तट र पूर्वी क्युबाको बीचमा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ भूकम्प गएको हो। 

भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा लगायतका ठाउँमा शक्तिशाली झट्का दिएको थियो। त्यस्तै केमैन द्वीप समूहमा फेरि मङ्गलबार राति ६ दशमलव १ म्याग्निच्युडको भूकम्पको झट्का महसुस गरिएको थियो। 

प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएका छन्। सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा देख्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

प्रकाशित मिति: : 2020-01-29 19:19:33

प्रतिकृया दिनुहोस्