छोटो समयमै २० करोड बक्यौता भुक्तानी भएको छ, यसलाई उपलब्धि मानौँ : लेखराज भट्ट

आन्दोलनमा उत्रिएका उखु किसानको बक्यौता ७ माघभित्र दिलाउने सहमति सरकारले गरेको थियो । तर, मंगलबार म्याद सकिँदासम्म किसानले १६ करोड मात्रै पाए, अझै एक अर्ब बक्यौता रह्यो नि ?

कृष्ण रिजाल

काठमाडौँ

सञ्चालनमा रहेका १३ मध्ये अधिकांशले सबै बक्यौता भुक्तानी गरिसकेका छन् । मुख्य समस्या अन्नपूर्ण, महालक्ष्मी र श्रीराम चिनी मिलमा छ । महालक्ष्मीको करिब २१ करोडमध्ये ११ करोड ५० लाख भुक्तानी भइसकेको छ । बाँकी पैसा तिर्न बैंकबाट कर्जा लिने प्रक्रियामा रहेको र अर्को साताभित्रै भुक्तानी गरिसक्ने प्रतिबद्धता उद्योगले गरेको छ । त्यस्तै, अन्नपूर्ण सुगर मिलले केही भुक्तानी गरेको छ । त्यसले किसानसँग किस्ता–किस्ता गरेर बक्यौता भुक्तानी गर्ने गरी छुट्टै सम्झौता पनि गरिसकेको रहेछ । दुई महिनाभित्रै स्टक चिनी बिक्री गर्ने र किसानको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । श्रीरामले आफ्नो सम्पत्ति बिक्री नगरी बक्यौता भुक्तानी गर्न नसक्ने पहिल्यै जानकारी गराएको थियो, सोहीअनुसार उसले व्यावसायिक योजना र प्रतिबद्धता पठाएको छ । उसले जग्गा बिक्री गर्ने र भुक्तानी गर्ने प्रस्ताव गरेको थियो । त्यसलाई हामीले स्वीकृति दिएर भूमिसुधार मन्त्रालयमा पठाएका छौँ । उसले सम्पत्ति बिक्री गरेलगत्तै भुक्तानी गर्ने जनाएको छ । यसर्थ, भुक्तानी भइरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ । उता, लुम्बिनी र बागमती–खाडसरी गरी दुई उद्योग सम्पर्कमा आएका छैनन् । ती उद्योगका सञ्चालकलाई सम्पर्कमा ल्याइदिन गृह मन्त्रालयमा दुईपटक पत्राचार गरिसकेका छौँ । 

प्रकाशित मिति: : 2020-01-29 00:08:11

प्रतिकृया दिनुहोस्