सभामुख सापकोटाविरुद्धको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आइतबार पहिलो पेशी तोकिएको उक्त मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा परेको थियो। तर फुयालले हेर्न नमिल्ने भई स्थगित भएको मुद्दा सोमबार न्यायाधीश मल्लको इजलासमा सोमबारदेखि सुनुवाई सुरु भएको हो।

न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

सोमबार रिट निवेदक दिनेश त्रिपाठी, रिट निवेदकका तर्फबाट सुनील पोखरेल, अनन्तराज लुइँटेल, राजु चापागाईं र बाबुराम गिरीले बहस गरेका थिए। रिट निवेदककै तर्फबाट बहस गर्न नाम लेखाएका कानून व्यवसायीको बहस नसकिएको र विपक्षीको बहस पनि बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले बताएको छ।

प्रकाशित मिति: : 2020-01-28 05:44:55

प्रतिकृया दिनुहोस्