टुँडिखेलमा सोनाम ल्होछारको रौनक, मुसा वर्ग सुरू

तस्बिरः सुरेन्द्र घुमफिरे

तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार शनिबार मनाइएको छ ।  प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

चन्द्रपात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु भएको छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ग प्रवेश हुन्छ ।  मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।  

१२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन्। तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन्।

राष्ट्रिय सोनाम ल्होछार २८५६ बृहत् मूल समारोह समितिले राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम गरेको थियो । त्यसअघि शान्ति बाटिकाबाट एक विशेष सांस्कृतिक र्याली निकालिएको थियो । पर्वको अवरमा मीठामीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ ।

प्रकाशित मिति: : 2020-01-27 02:07:31

प्रतिकृया दिनुहोस्