आठ दशक कट्दा पनि उत्तिकै जुझारु गुरुबा : ‘ह्याप्पी बर्थ डे’ राई सर

भारत बेलायतबाट स्वतन्त्र भइसकेको थिएन। हरेक दिन भारतबाट बेलायतसम्म पुग्ने र बेलायतबाट भारतसम्म आइपुग्ने खबरले केही न केही तरङ्ग पैदा गर्थ्यो अनि परिवर्तनको संकेत पनि। त्यसै ताका दार्जिलिङमा बेलायतीले नै खोलेको एक सरकारी प्रेस थियो। त्यहीँ काम गर्थे अगमसिंह राई। खोटाङ, रावाखर्कका रैथाने।

खोटाङमै रहँदा एकदिन घरबाट गाई चराउन हिँडेका उनी फर्किएनन्। अल्लारे साथीहरुको लहलहैमा भारत हान्निएका थिए। आसामको कोइलाखानीमा कोइला खन्नेदेखि बिहारमा भारी बोक्नेसम्मको काम गरे। अन्तत: पुगे गुन्द्रुके गाउँ अर्थात् दार्जिलिङ। नेपाली भाषीहरुको बाहुल्यता रहेको ठाउँमा उनले चिया पसल पनि खोलेका थिए।

प्रकाशित मिति: : 2020-01-27 01:05:48

प्रतिकृया दिनुहोस्