स्थानीयले नै उजाड बनाउँदैछन् हिमाली जिल्ला मुगुको वन, जताततै फडानी

तस्बिर : थाहा खबर

हिमाली जिल्ला मुगुमा स्थानीयले डाँडापाखा नै उजाड पार्नेगरी वन फडानी गरेका छन्‌। जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १४ मा रहेका चंंखेली र मिन डाँडा सामुदायिक वन सबैभन्दा बढी फडानी भएको छ।

स्याउ बगैंचा बनाउने, खेती गर्ने र जग्गा-घर बनाउने होडवाजीले सामुदायिक वन तीब्र रुपमा फडानी भएको हो। नगरपालिकाको १४ नम्बर वडामा पर्ने बाम, फैपाटा, दर्खे, नार्फालगायत बस्तीहरुमा बस्‍ने ३०० भन्दा बढी घर परिवारले उपभोग गदै आईरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक वनमा स्थानीयले व्यापक फडानी गरिरहेका छन्‌। अहिले सामुदायिक वन क्षेत्रको जताततै नियम कानुन विपरित हाते आरो प्रयोग गरि धमाधम रुख ढालिरहेको र काठ तयार गरिरहेको देखिन्छ।
 

प्रकाशित मिति: : 2020-01-27 00:15:48

प्रतिकृया दिनुहोस्