शेयर बजार : पुरानै बाटोमा फर्किएको हो कि उचाइलाई पर्खिएको ?

करिब २० महिनाको रेकर्ड तोड्दै आइतबार शेयर बजार परिसूचक नेप्से १३ सय ४३ को बिन्दुमा पुग्यो । तर सोमबारदेखि बजार फेरि घट्न थाल्यो । बिहीबारको अन्तिम १२ सय ९७ मा आएर बजार रोकिएकोे छ । 

नेप्से परिसूचकले सकारात्मक दिशा लिन थालेको पनि धेरै भएको छैन । अंग्रेजी नयाँ वर्षमा ११ सय ६६ अंकबाट कारोबार सुरु भएको बजारले कारोबारको १३ दिनमै १ सय ७७ अंकको उचाइ लिएको हो । पछिल्लो ४ दिन भने बजार निरन्तर रुपमा घट्दै गयो । उत्साहित लगानीकर्ताहरुको मनोविज्ञान फेरियो । बजारमा खरिदकर्ताको भन्दा विक्रेताको चाप देखिन थाल्यो । लगानीकर्ताहरु प्रश्न गर्न थाले अब बजार कता जान्छ ?

पुँजीबजारको ‘सगरमाथा’ कति अग्लो छ भन्ने कसैलाई पनि थाहा छैन । तर बजारले अहिलेसम्म छोएको चुचुरो भनेको १८ सय ८१ बिन्दुको हो । अहिले बजार १३ सय भन्दा पनि तल आएको छ । तर पुँजी बजारलाई सगरमाथा आरोहणसँग दाँज्नेहरु पनि छन्, बजारमा । शेयर लगानीकर्ता संघका उपाध्यक्ष समेत रहेका ताराप्रसाद फुल्लेलले बजारलाई त्यसैसँग तुलना गरे । 
 

प्रकाशित मिति: : 2020-01-26 06:44:52

प्रतिकृया दिनुहोस्