ह्युस्टनमा ठूलो विस्फोट: प्रहरी

अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ। बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए।

शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि प्रहरी त्यसतर्फ गएको थियो भने सुरक्षा प्रशासनले शहरमा भीडभाड नगर्न आग्रह गरेको ह्युस्टन प्रहरीले जनाएको छ।

अमेरिकी समाचार संस्था सीएनएनले विस्फोट बिहान ४ः १५ मा भएको र शहरको पश्चिमी क्षेत्रका केही भवनहरू बेसरी थर्किएका थिए।

केही स्थानीयले आफ्नो घरमा भ्यालका शिशाहरू चर्किएको बताएका छन्। समाचार सङ्कलन गर्दासम्म घटनामा कोही घाइते भएका वा नभएकाबारे थप विवरण उपलब्ध भइसकेको छैन। 
 

प्रकाशित मिति: : 2020-01-25 11:43:38

प्रतिकृया दिनुहोस्