एनआईसी एशिया बैकद्धारा सागमा पदक विजेता एपीएफ खेलाडीलाई नगद सहयोग

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आईरहेको एनआईसी एशिया बैकले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा  पदक जित्ने एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गरेकाे छ। बैंकले कदर स्वरुप विभिन्न खेलमा पदक जित्ने खेलाडीलाई सम्मान गर्याे। बैंकले सहयाेग स्वरुप ९ लाख ९५ हजार रकम प्रदान गरेको हाे।

सहयोग रकम एनआईसी एशिया बैंकका सहायक कार्यकारी प्रमुख सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरे। कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलैन्द्र खनालको पनि उपस्थिति रहेकाे थियाे। 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालय, ४ सय ३० एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल रहेकाे छ।

२१ लाख बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन्। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएकाे थियाे। 

प्रकाशित मिति: : 2020-01-24 11:52:26

प्रतिकृया दिनुहोस्