निजगढ विमानस्थल बनाइने १९ सय हेक्टरमध्ये १३ सयमा खेत, बस्ती र बुट्यान

फाइल तस्बिर

निजगढ विमानस्थल बनाउन लागिएकोमध्ये ७० प्रतिशत क्षेत्रमा घना वन होइन, काट गाउँ, टाँगिया बस्ती र खेत छ । बाँकी ३० प्रतिशत जग्गामा पनि कुकाठ मानिने सिन्दुरे, कर्म, साज, बढधँगेरोको मात्रा धेरै भएको पातलो जंगल छ, जहाँ  सरकारले ४८ वर्षअघि अतिक्रमण हटाएर वृक्षरोपण गराएको थियो ।

निजगढ विमानस्थलका लागि छुट्याइएको जमिनको मध्य भागमा एउटा ठूलो बस्ती छ जुन टाँगिया बस्ती हो । यो बस्तीभन्दा अलि तल दक्षिण–पश्चिमपट्टि काट गाउँ भन्ने अर्को बस्ती छ । यी बस्तीका बासिन्दाले घरबार मात्र बनाएका छैनन्, ठूलो क्षेत्रमा खेती पनि गर्दै आएका छन् । 

प्रकाशित मिति: : 2020-01-24 00:40:20

प्रतिकृया दिनुहोस्