बाँकेका अमरबहादुर सुनार र लक्ष्मी सुनारको आर्थिक अवस्था कमजोर थियो। एउटा सानो घरबाहेक धनसम्पत्ति केही थिएन। उनीहरू रोजगारका लागि भारतको चण्डीगढ धाउँथे।
२०६४ सालको कुरा। राप्ती सोनारी गाउँपालिका-४, बैजालपुरका सुनार दम्पती सात वर्षे छोरा सन्तोषलाई लिएर भारत जाँदै थिए। लुधियानाबाट चण्डीगढ रेलको टिकट हातमा थियो। रेल्वे स्टेसनको भीडभाडमा छोरा छुट्ला भनेर अमरबहादुरले कसिलोसँग हात समातेका थिए।