अमेरिकामा पनि फैलियाे कोरोना भाइरस

चीनको बुहानबाट फैलिएको भनिएको कोरोना भाइरस सयुक्त राज्य अमेरिकामा पनि फेला परेको छ।  

रोग नियन्त्रण केन्द्र अमेरिकाका अधिकारीहरुले उक्त कुराको पुष्टि गरेका हुन्। कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ।

गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो। हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय भन्दा बढी संक्रमित भएको बीबीसीले जनाएको छ।

कोरोना भाइरसको संक्रमणले संत्रास फैलिएपछि उत्तर कोरियाले सीमावर्ती क्षेत्रका प्रवेशविन्दुहरु बन्द गरेको छ।

तत्काललाई बिदेशी पर्यटक आगमनमा रोक लगाएर कोरानाबिरुद्ध सतर्कता अपानाइएको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन्।

के हो नयाँ भाइरस ?
विश्व स्वास्थ्य संगठनका अनुसार चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस रुघाखोकीदेखि ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ र ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो । कोरोना भाइरस जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोना भाइरस जनावरमा देखिए पनि तिनले मानिसलाई संक्रमित भने बनाएका छैनन्।

चिनियाँ पक्षले पनि यो भाइरस मानिसबाट मानिसमा सरेको घटना भने नपाइएको जनाएको छ। यो भाइरस संक्रमित जनावरबाट ‘सीफुड’पाइने वुहानको बजारसम्म पुगेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2020-01-22 21:44:05

प्रतिकृया दिनुहोस्