आड छैन, ओत भएर के गर्नु ?

तस्बिर : बाह्रखरी

पति मंगले बुढाले उनलाई सदाका लागि छाडेर गए । रोल्पा सुनछहरी गाउँपालिका ७, जेल्बाङका ९० वर्षीय मंगले बुढा मगरले गएको कात्तिक दोस्रो साता धर्ती छाडेका थिए । २३ वर्ष अघि २०५३ सालमा मंगले दम्पतिले एकमात्र छोरा भुवनलाई गुमाएका थिए ।

पति र छोरा गुमाएकी, हरियो चुना लगाएको पक्की घरभित्र, ८५ वर्षीया फर्की बुढा सुल्फामा कक्कड तान्दै थिइन् । गाउँमा पक्की घरभित्र बसेकी फर्कीको मन घरजस्तो पक्की भने छैन । चिसो माघलाई छल्न अगेनाछेउ फर्कीले आफ्नो वृद्ध शरीर तताउँदै थिइन् । हामी त्यहाँ पुग्दा उनले चिम्सा आँखा बिस्तारै उघारिन् ।

प्रकाशित मिति: : 2020-01-22 05:55:23

प्रतिकृया दिनुहोस्