सापकोटाले दिए सभामुखमा उम्मेदवारी, कांग्रेसले नदिने

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार बिहान ल्होत्से हल, संघीय संसद भवनमा उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेवदारी दर्ता गराएका हुन्।

नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्नि सापाकोटा हरके हिसाबले उपयुक्त रहेको बताए। आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उनको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई छ।

द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्धाहरु उठ्ने उनको भनाई थियो। उनले भने, ‘‘द्वन्द्वकालिन विषयहरु उठाउने हो भने उनको मात्रै होइन्। सबैका कुरा उठ्छन नी । त्यसैले द्वन्द्वकालिन विषयहरु आयोगको माध्यमबाट समाधानको दिशातर्फ जानुपर्छ उहाँ योग्य नेता हुनुहुन्छ।’ सांसद पोखरेलले शिवमायाको दावीलाई सचिवालयले किन ग्रहण गरेन् भन्ने प्रश्नमा भने, ‘उपसभामुख हुने वित्तिकै सभामुखको उम्मेदवारका लागि उपयुक्त हुन्छ भनेर सोच्नु गलत हो।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवारी नदिने भएको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मदवारी नदिने निर्णय गरेको हो।

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने बताए । 

माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागु हुने उनको भनाई छ। कांग्रेससँग बहुमत भएका कारण उसले आफुले उपसभामुखकाे जिम्मेवारी सम्हाल्ने र  कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले सभामुख उपसभामुख मध्ये सत्तारुढ दलसँग हुने समझादारी अनुसार उम्मेदवारी दिइने बताए । ‘पार्टीको बैठक बसेर निर्णय गर्छ। स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ। निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन्। प्रकृयामा सहभागि हुने हो। संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो।’

 रिक्त सभामुख पदका लागि  मंगलबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: : 2020-01-22 01:23:50

प्रतिकृया दिनुहोस्