राजश्व छली गरेर सुन्धारा, गौशाला र बालाजुमा चलाइएका सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले छापा मारेर तीन जनालाई पक्राउ गरेको प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।
उनका अनुसार छापा मार्ने क्रममा करिब ५० लाख बराबरको सूर्तीजन्य सामग्री पनि बरामद गरिएको छ।
थप अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन।