म नढलेको भए रमेश महतो मारिने थिएनन्

तस्बिर : रातोपाटी

२०६३ माघ ५ को दिन हो । मौसम प्रतिकूल थियो । सबैतिर बाक्लो हुस्सुले ढाकेको थियो । माघ १ गते अन्तरिम संविधान जारी भइसकेपछि मधेस आन्दोलनले गति लिने सङ्केत गरिसकेको थियो । किनभने संविधानले मुलुकको बहुसङ्ख्यक उत्पीडित समुदायको मुद्दा संघीयता र समावेशीतालाई ओझेलमा पार्ने काम गरेको थियो । खासगरी त्यसको सबैभन्दा धेरै मार मधेसी जनतामा प¥यो ।

उपेन्द्र यादव नेतृत्वको टोलीले सरकारलाई अन्तरिम संविधान जारी हुनभन्दा अघि नै मधेसी जनताको मागसहितको ज्ञापनपत्र बुझाएको थियो । तर, अन्तरिम संविधान जारी गर्ने समयमा सरकारले त्यसलाई बेवास्ता गरेपछि माघ २ गते काठमाडौँमै संविधान जलाउँदै गर्दा उपेन्द्र यादव, रामेश्वर राय यादव, निलम बर्मालगायत गिरफ्तारीमा परे । उनीहरुको पक्राउसँग मधेस तातियो । ठाउँठाउँमा बन्द, हड्ताल र आगजनी लगायतका घटनाक्रम बढ्यो ।

प्रकाशित मिति: : 2020-01-20 03:00:50

प्रतिकृया दिनुहोस्