माेदीका कट्टर विराेधी हार्दिक पटेल देशद्राेहकाे मुद्धामा पक्राउ

आरक्षण आन्दाेलनबाट नेता बनेका पटेल पछि का‌ंग्रेस पार्टीमा प्रवेश गरेका थिए। उनीविरुद्ध अदालतले वारेन्ट जारी गरेलगत्तै प्रहरीले पक्राउ गरेकाे हाे। 

देशद्राेहकाे आराेपमा प्रधानमन्त्री नरेन्द्र माेदीका कट्टर आलाेचक हार्दिक पटेल पक्राउ परेका छन्। उनलाई गुजरात अदालतले गैर जमानत वारेन्ट जारी गरेकाे छ। देशद्राेहकाे मुद्धामा उनी अदालतमा हाजिर हुन नगएपछि अदालतले उनकाे नाममा गैर जमानत वारेन्ट जारी गरेकाे हाे। 

आरक्षण आन्दाेलनबाट नेता बनेका पटेल पछि का‌ंग्रेस पार्टीमा प्रवेश गरेका थिए। उनीविरुद्ध अदालतले वारेन्ट जारी गरेलगत्तै प्रहरीले पक्राउ गरेकाे हाे। 

उनी आफ्नाे पैतृक गाउँ  विरमगामबाट पक्राउ परेका हुन्। उनीविरुद्ध अहमदाबादमा देशद्राेहकाे मुद्धा दर्ता भएकाे थियाे। उनीविरुद्ध आरक्षण आन्दाेलनकाे बेला आगजनी र ताेडफाेड गरेकाे घटनालाई लिएर पनि मुद्धा थियाे। विसनगरमा सत्तारुढ भारतीय जनता पार्टीकाे विधायककाे कार्यालयमा ताेडफाेड र आगजनी गरेकाे मुद्धामा उनलाई आराेपी ठहर गरिएकाे थियाे। 

 

 

प्रकाशित मिति: : 2020-01-19 12:52:05

प्रतिकृया दिनुहोस्