इराकमा प्रदर्शनकारीमाथि गोली प्रहार, २ को निधन २० गम्भीर घाइते

गत नोभेम्बरदेखि इराकको तीन रणनीतिक पुल सिनाक, अहरार र जुमुनरियामा प्रदर्शन हुँदै आइरहेको छ। यो बगदादको ग्रीन जोन क्षेत्रलाई जोड्ने पुल हो। जहाँ विदेशी नियोग र अमेरिकी सेना बसोबास गर्दै आइरहेका छन्। 

एपी

बगदाद

इराकको राजधानी बगदादमा सरकार विरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा २ प्रदर्शनकारीको निधन भएको छ। 

मध्य बगदादमा शुक्रबार भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले अश्रृग्यास र बुलेट प्रहार गरेको थियो। प्रहरी कार्यवाहीमा धेरै प्रदर्शनकारी घाइते भएका छन्। 

सरकारी अधिकारीले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सिनाक पुलमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बनाएको सुरक्षा घेरा तोडेको र ठूलो संख्यामा जुलुस भित्र पस्न खोजेको कारण गोली चलाउनु परेको बताएका छन्। 

प्रहरीले गोली चलाउदा दुई प्रदर्शनकारी मरेको र २० जना गम्भीर घाइते भएको जानकारी दिएको छ। 

शुक्रबार सरकार विरोधी प्रदर्शन अमेरिका र इरानबीच बढ्दो तनावलाई मध्यनजर राखेर भएको आशंका गरिएको छ। दुई साताअघि अमेरिकाले ड्रोन हमलाद्धारा इरानी सेनाका उच्च कमाण्डर कासिम सुलेमानीको बगदादमा हत्या गरेको थियो। यसको प्रतिउत्तरमा इरानले बगदादमा रहेको अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गरि दुई पल्ट मिसाइल खसाइसकेको छ। तर, त्यो घटनामा अमेरिकी सेनालाई क्षति नपुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारिसकेका छन्। 

इराकमा गत अक्टुबर १ मा सिया बाहुल्य रहेको दक्षिणी प्रान्तमा पनि सरकार विरोधी आन्दोलन भएको थियो। देशमा चरम भ्रष्टाचार बढेको, बेरोजगारको संख्यामा बृद्धि भएको र नागरिकले खराब न्युनतम सुविधा प्राप्त गर्ने गरेको भन्दै सियाहरूले थालेको आन्दोलन दबाउन इराकी सुरक्षाकर्मी बाहिर निस्किएका थिए। जसमा ५ सय जनाले ज्यान गुमाए। 

गत नोभेम्बरदेखि इराकको तीन रणनीतिक पुल सिनाक, अहरार र जुमुनरियामा प्रदर्शन हुँदै आइरहेको छ। यो बगदादको ग्रीन जोन क्षेत्रलाई जोड्ने पुल हो। जहाँ विदेशी नियोग र अमेरिकी सेना बसोबास गर्दै आइरहेका छन्। 

प्रकाशित मिति: : 2020-01-19 10:28:49

प्रतिकृया दिनुहोस्