सरकारको पहिलो प्राथमिकता कृषि क्षेत्र : कृषिमन्त्री थापा 

'राज्यबाट वर्तमान अवस्थामा उन्नत जातको बीउ र बजारको व्यवस्था हुनुपर्छ' उनले भने

फाइल तस्बिर

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सरकारको पहिलो प्राथमिकता कृषि क्षेत्र रहेको बताएका छन्।

शुक्रबार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मन्त्री थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताए।

आवश्यक प्रविधि सहयोग, भण्डारण र बजारीकरणमा सरकारको सहयोग रहने बताउदै उनले भने, 'कम लगानीमा बढी उत्पादन गर्न आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायिक कृषिमा लाग्न कृषकलाई आग्रह गर्दछु।'

कृषि क्षेत्रलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर उत्पादनमा समेत वृद्धि भएको प्रदेशसभा सदस्य दीपक कोइरालाले बताए। 'राज्यबाट वर्तमान अवस्थामा उन्नत जातको बीउ र बजारको व्यवस्था हुनुपर्छ' उनले भने।

 पूर्वमन्त्री केशवलाल श्रेष्ठले मुलुकका ४२ जिल्लामा व्यावसायिक च्याउखेती हुँदै आएको जानकारी दिए। च्याउ सेवनले दीर्घजीवन दिने बताउदै उनले यसको विकास र विस्तारका लागि सहकरीस्तरबाट पहल गरिनुपर्ने आवश्यकता औँल्याए।

मुलुकको समृद्धिका लागि व्यावसायिक च्याउखेती आवश्यक रहेको च्याउ विशेषज्ञ टीकाराम अर्यालको भनाई छ। च्याउ सेवनले क्यान्सर, मुटुरोग, मिर्गौला, सुगरलगायत विभिन्न रोगसँग जुध्ने शक्ति प्रदान गर्ने बताए।

प्रकाशित मिति: : 2020-01-19 00:57:08

प्रतिकृया दिनुहोस्