यूएई बस दुर्घटनामा परि एक नेपालीको मृत्यु, १६ जना घाइते

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको सवारी दुर्घटनामा परि एक नेपालीसहित ६ जनाको मृत्यु हुनुका साथै १६ नेपालीसहित १९ जना घाइते भएका छन्।

गल्फ न्यूजका अनुसार मृत्यु हुनेमा एक नेपाली, एक श्रीलंकन, एक पाकिस्तानी छन् भने तीन जनाको पहिचान खुल्न सकेको छैन।

अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५:३० बजे दुर्घटना भएको हो । दुर्घटनामा १६ जना नेपाली घाइते भएको र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक भएकोले आइसीयूमा राखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।

राजदूत ढकालका अनुसार दूतावासले घाइतेको उपचारका लागि आवश्यक सबै प्रक्रियामा सहयोग गरिरहेको समेत जानकारी गराए ।

दूतावासका अनुसार लहरीसँग ठोक्किएको मिनिबसमा सवार २४ जना सवार थिए ।

राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेका छन्।

दूतावासले ती कामदार कार्यरत कम्पनीको नियमित सम्पर्कमा रहेको भन्दै विस्तृत विवरण प्राप्त गर्नेवित्तिकै सार्वजनिक गर्ने बताएको छ।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2020-01-17 05:58:18

प्रतिकृया दिनुहोस्