टुँडिखेलमा थारूहरूको माघी (तस्बिरमा)

विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाएका छन्।

थारु समुदायले बुधबार ‘माघी महोत्सव’को आयोजना गरी धुमधामका साथ माघी मनाएका हुन् । यो समु्दायमा पनि माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिन्छ । महोत्सवमा थारु समुदायले आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर विभिन्न नाचगान सहित रमाइलो गरी मनाएका छन् । महोत्सवमा थारु संस्कृति भल्कने घाटो, सामा चकेवा, झम्टा, थारु लगायतका नाचको प्रदर्शनी गरेका थिए ।

महोत्सवमा थारु जातिका विभिन्न खानाका परिकार राखिएको थियो । माघीमा विशेषगरी खिचडी, अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको ढिक्री, मेवाको अचार, सुँगुरको मासु, घुँघी लगायतका परिकारहरु खाने प्रचलन छ । त्यस्तै महोत्सवमा थारु समुदायले एक अर्काबीच शुभकामना आदानप्रदान र मिष्ठान्न भोजन गरी रमाइलो गरेका थिए। 

प्रकाशित मिति: : 2020-01-16 01:44:32

प्रतिकृया दिनुहोस्