आजदेखि बैंकिङ प्रणाली गो–एएमएलमा : शंकास्पद गतिविधिको सूचना तत्कालै

रोविन पौडेल

काठमाडौँ
फाइल तस्बिर

वाणिज्य बैंकहरूले आज (बुधबार) देखि वित्तीय जानकारी एकाइमा पेस गर्र्नुुपर्ने सीमा तथा शंकास्पद कारोबार÷क्रियाकलापको प्रतिवेदन अनिवार्य विद्युतीय माध्यम गोएएमएल–प्रोडक्सन इन्भाइरोमेन्टबाट पेस गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले लामो समयदेखि प्रयास गरेको यो प्रणाली आजदेखि लागु हुन लागेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो । जसअनुसार शंकास्पद गतिविधिको सूचना वित्तीय सूचना एकाइले तुरुन्तै पाउनेछ ।

प्रकाशित मिति: : 2020-01-15 19:00:46

प्रतिकृया दिनुहोस्