घटना १
अवैध उत्खनन्काे विरोध गर्ने मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश (दिलीप) महतोको गत शुक्रबार बिहान औरही खोलामा टिपरले किचेर हत्या गरियो।
उत्खनन्को विरोध गरेबापत दिलीपलाई पटक-पटक धम्की दिँदै आएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोेलगायतले उनलाई सुरुमा टिपरको फलामे लिभरले घोचेर घाइते बनाए। त्यसपछि बगरमा सुताएर टिपरले टाउकोमा किचेर हत्या गरेको प्रहरीको निष्कर्ष छ।