वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

 वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ।

सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कने क्रममा सवारी दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा निधन भएको हो ।

दरबारमार्गबाट कोटेश्वरतर्फ जाँदै गर्दा तीनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएपछि गम्भीर घाइते भएका भट्टराईको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।

गायक भट्टराईको ‘कामनाले भरिएको...’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर...’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छन् ।

उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती...’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो । उनी गायिका लोचन भट्टराईका भाइ हुन् ।   

प्रकाशित मिति: : 2020-01-14 14:15:46

प्रतिकृया दिनुहोस्