नेपाली 'खाना पर्यटन' प्रवर्द्धन गर्ने कि ?

सन्जोग आचार्य

न्युयोर्क

नेपाल प्राकृतिक सुन्दरताले संसारमा कहलिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल नचिन्ने को होला र ?

सांस्कृतिक र भाषिक विविधता भएको देश नेपालको पहिचान यतिमा मात्र सीमित छैन । प्राकृतिक सुन्दरतासँगै नेपालमा पाइने विभिन्न परिकारका खानाको विशेषता पनि विशेष नै छ । नेपालका धेरै स्थान खानाका लागि प्रख्यात छन् । नेपालमा पाइने खानाको प्रचार गरेर पनि ती स्थानको पर्यटन प्रवर्द्धन गर्नेतर्फ अझै पनि सम्बन्धित निकायको ध्यान जान भने सकेको छैन ।

प्राकृतिक रुपमा अनुपम सुन्दरता नभएका देशले खानाको प्रचार गरेर लाखौ पर्यटक आकर्षित गरिरहेका छन्। विश्वमा अहिले घुम्नसँगै मिठो खानाको लागि भ्रमण गर्ने पर्यटकको संख्या पनि उत्तिकै बढ्दो छ। टर्की, इजिप्ट, मलेसिया, इन्डोनेशिया, पराग्वे, इटली, थाइल्याण्ड, जापान, स्पेनलगायत देशले अहिले खाना पर्यटनमा निकै जोड दिएका छन् । यी देशले विश्वमा नै खाना पर्यटनको लागि ख्याति कमाइरहेको छ ।

हाम्रो देशमा पनि यस्ता थुप्रै खाना छन् जसलाई प्रवर्द्धन गरेर पर्यटक आकर्षित गर्न सकिन्छ । नेपालका हरेक स्थानलाई खानाको नामले परिचित गराएर पर्यटनसँगै कृषि क्षेत्रमा पनि लगानी बढाउन सकिन्छ । नेपालमा बसोवास गर्ने हरेक जात जातिको आ-आफ्नै किसिमका परिकार छन् । त्यसलाई पनि प्रवर्द्धन गर्न सकिन्छ ।

भक्तपुरको जुजु धौसँग इटहरीको केरा र जनकपुरको चिउरा मिसाएर हार्दिक स्वागत र बिदाई गर्दा पर्यटक प्रसन्न नहुने भन्ने प्रश्नै आउँदैन।

मुस्ताङको थकाली खाना, मलेखुको माछा र पोखराको मार्फा पिउदा कुन चाहिँ पर्यटक दंग नहोला ? नेपाली स्याउ, कोदो, अदुवाबाट बनेका रक्सी पेरिस र पोर्चुगलको वाइनभन्दा कम छैनन् । हेलम्बुको स्याउ र जिरीको आलुको स्वादले इटलीको पिज्जाको मजा बिर्साइ दिन्छन् । फेरि ताप्लेजुङको तङ्बाको स्वाद पनि विशेष नै छ । पाल्पाको चुनौकीसँग काठमाडौंको नेवारी खानाले कुन चाहिँ पर्यटकको मन प्रशन्न हुदैन होला ? भक्तपुरको जुजु धौसँग इटहरीको केरा र जनकपुरको चिउरा मिसाएर हार्दिक स्वागत र बिदाई गर्दा पर्यटक प्रसन्न नहुने भन्ने प्रश्नै आउँदैन।

केही समयअघि नेपालका लागि अमेरिकी राजदूत बेरीले जनकपुर भ्रमणको क्रममा लस्सी, पास र माछाको स्वाद लिदैँ नेपालको खानाका विशेषता प्रकाश पारेका थिए । यी बाहेक बेरीलाई मनपर्ने परिकार नेवारी खाना पनि हो । यसरी राजदूतले नेपाली खानाको प्रवर्द्धन गरेर नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याएजस्तै अब नेपाल सरकारले पनि खाना पर्यटन प्रवर्द्धनमा ध्यान दिने कि !

प्रकाशित मिति: : 2020-01-14 09:29:58

प्रतिकृया दिनुहोस्