विवादले राेकियाे राजमार्ग निर्माण कार्य

पुष्पालाल (मध्यपहाडी) राजमार्ग विवाद

पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपासका स्थानीयको विवादका कारण निर्माण कार्य रोकिएको छ। सदरमुकामको नेपाली सेनाको ब्यारेकबाट ट्रयाक खोलिएपछि स्तरोन्नतीका लागि स्थानीयहरुले अवरोध गरेका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय र पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना कार्यालयमा पटकपटक पुगेर असहमति जनाएका छन्। लिखित रुपमा कति सडकले जग्गा अधिग्रहण गर्ने भन्ने स्पष्ट हुनुपर्ने अडान जग्गाधनीहरुले लिएका छन्।

लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान गरेर मात्रै सदरमुकामबाटै राजमार्ग कालोपत्रे गर्ने योजना कार्यालयको छ। योजनाले सदरमुकामबाट विवाद समाधान नभएर चुप्रा हुँदै लैजाने तयारी समेत गरेको थियो। सदरमुकामका ३ ठाउँ निकाशका लागि हेरिएको थियो भने अन्य दुईमा चरम विवादले रोकिएको थियो। स्तरोन्नतीका लागि अहिले योजना कार्यालयले टेण्डर प्रकृया अघि बढाएको हो। योसँगै दैलेख बजारबाट सो राजमार्ग जानेछ।

प्रकाशित मिति: : 2020-01-14 00:01:56

प्रतिकृया दिनुहोस्