किताबसँगै हुर्किएको हाम्रो तीन पुस्ता

देखापढी

काठमाडौं

मलाई अहिले पनि स्पष्ट सम्झना छ, म र मेरो भाइ कहिले झगडा गर्न छोड्यौं। त्यतिबेला हामी दुवै किशोरावस्थाको प्रारम्भमा थियौं। एक रात उसले मलाई हाम्रो घरमा रहेको पुस्तकालयको ‘निषेधित क्षेत्र’मा फेला पार्‍यो। नलुकाई भन्दा म रंगेहात पक्राउ परें। म जुत्ता राख्ने र्‍याक पछाडि घुस्रिएर सानो टर्चको सहारामा ‘कामसुत्र’मा आधारित कथाहरूको किताब पढिरहेथें।

त्यसरी रंगेहात पक्राउ पर्दा म यति लज्जित भएँ, रातको २ बजे ऊ चाहिं त्यहाँ के गर्दैछ भनेर सोध्न पनि सकिनँ। उसलाई भने फाइदा भयो। त्यही घटनाको आधारमा ६ महीनाजति ऊ ममाथि हाबी भइरह्यो।

हामी दिदीभाइ नै किताबका कीरा थियौं। घरमा हुलाकमार्फत् हरेक महीना ‘किशोर’ नामक बाल पत्रिका आउँथ्यो। त्यो पहिला कसले पढ्ने भनेर हामीबीच झगडा हुन्थ्यो। हाम्रा बा–आमाले हरेकपटक रेल यात्रा गर्दा ‘अमर चित्रकथा’का अंकहरू किन्ने गर्नु हुन्थ्यो। शुरू-शुरूमा हामी हाम्रो मातृभाषा मराठीमा मात्र सीमित थियौं। पछि बिस्तारै अंग्रेजीमा पनि पढ्न थालेपछि हाम्रो अध्ययनको क्षितिज फराकिलो भयो।

प्रकाशित मिति: : 2020-01-13 22:52:21

प्रतिकृया दिनुहोस्