पाल्पाको रामपुरलाई छोएन भ्रमण वर्षले

उनले भने, 'भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटक रामपुरमा आउनेछन्।'

फाइल तस्बिर

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेता पनि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पाल्पाको रामपुर नगरपालिकामा भने कुनै रौनकता छाएको छैन्।

मुलुकभरि भ्रमण वर्षको उत्साह बढेता पनि लुम्बिनी र पोखराको बीच भागमा रहेको रामपुर नगरपालिकाले भ्रमण वर्ष लक्षित गरी कुनै पनि कार्यक्रम अगाडि बढाएको पाइदैन।

धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना भएको रामपुरमा भ्रमण वर्ष मनाउने योजना रहेपनि पर्यटकका लागि अहिलेसम्म कुनै विशेष कार्यक्रम नगरिएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताए।

'रामपुरमा प्रशस्त पर्यटकीयस्थल छन्,' उनले भने, 'भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटक रामपुरमा आउनेछन्।'

रामपुर नगरपालिकाभित्र ऐतिहासिक तथा पर्यटकीय, धार्मिक तीर्थस्थल प्रशस्त छन्। यहाँ कास्की पोखरा फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाटलगायतका महत्वपूर्ण क्षेत्र छन्।

रामपुर नगरपालिका प्रशस्त पर्यटकीयस्थल, विभिन्न जातजाति, भाषाभाषी, कला संस्कृति र रहनसहन रीतिरिवाजले भरिपूर्ण भएतापनि भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि योजना नल्याएको उद्योग वाणिज्य सङ्घ रामपुरका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउछन्।

'भ्रमण वर्षमा धेरै भन्दा धेरै बाह्य पर्यटक रामपुर भित्र्याउन सकियो भने यो क्षेत्रको विकास हुनेछ' उनले भने।

 

प्रकाशित मिति: : 2020-01-13 03:13:02

प्रतिकृया दिनुहोस्