इरानमा बेलायती राजदूत गिरफ्तार, अमेरिकाले भन्यो–भियना सन्धिको उल्लंघन

इरानको राजधानी तेहरानमा शनिबार हजारौं मानिस विरोध प्रदर्शनमा उत्रिएका थिए। गत शुक्रबार हवाई हमलामा अमेरिकाले इरानका सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको इराकमा हत्या गरेपछि इरान आक्रमक भएको छ। उसले इराकस्थित अमेरिकी सैन्य अखडामा दुई पल्ट हमला गरिसकेको छ

एजेन्सी

तेहरान

इरानी रेवल्यूशनरी गार्ड्सले गल्तीले युक्रेनी विमान झारेको विरोधमा तेहरानमा जारी सरकार विरोधी प्रदर्शनमा शनिबार साँझ इरानस्थित बेलायती राजदूत रोब मेकायरलाई गिरफ्तार गरिएको छ। 

तस्नीम न्युज एजेन्सीले दिएको जानकारी अनुसार इरानले राजदूत मेकायरमाथि सरकार विरोधी कट्टरपन्थी समूहलाई उचालेको आरोप लगाएको छ। टाइम्स अफ इजरायलले ब्रिटिश राजदूतले आफ्नो सोशल साइटमा विरोध प्रदर्शनको केही तस्वीर अपलोड गरेको बताएको छ। र, यही आधारमा उनलाई अस्थायी रूपमा गिरफ्तार गरिएको दावी गरेको छ। 

आफ्नो राजदूतलाई गिरफ्तार गरेको विषयलाई लिएर बेलायतले कडा प्रतिक्रिया जनाएको छ। विदेश सचिव डोमिनार राबले भने, ‘तेहरानमा हाम्रो राजदूतलाई तथ्य बिना गिरफ्तार गरियो यो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो।’ उनले इरान सरकार यो समय दोधारमा रहेको बताएका छन्। 

इरानको राजधानी तेहरानमा शनिबार हजारौं मानिस विरोध प्रदर्शनमा उत्रिएका थिए। गत शुक्रबार हवाई हमलामा अमेरिकाले इरानका सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको इराकमा हत्या गरेपछि इरान आक्रमक भएको छ। उसले इराकस्थित अमेरिकी सैन्य अखडामा दुई पल्ट हमला गरिसकेको छ भने युक्रेनको उड्दै गरेको विमानलाई खसालेको थियो। 

अमेरिकाले बेलायती राजदूतलाई गिरफ्तार गरेको घटनामा माफी माग्न इरानलाई दबाब दिएको छ। अमेरिकी विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसले ट्वीटमार्फत भने, ‘यो भियना सन्धीको उल्लंघन हो।’
 

प्रकाशित मिति: : 2020-01-13 03:12:10

प्रतिकृया दिनुहोस्