सरकार नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा व्यस्त : उपप्रधानमन्त्री पोखरेल

फाइल तस्बिर

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार अहिले नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा लागेको बताएका छन्।

राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले शनिबार जितगढी किल्लामा आयोजना गरेको राष्ट्रिय एकता दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारले बनाएका योजना सफल पार्न सबैको साथ र सहकार्य आवश्यक रहेको बताए।

संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउनपर्ने भन्दै उनले भने,'सबै नागरिकहरुमा हामी र हाम्रो भन्ने भाव हुनु आवश्यक छ।'

रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरुले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताए।

'यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो,' उनले भने, हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहनछौं।'

सरकारले गरेको योजनालाई  सफलतापूर्वक सम्पन्न गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-01-12 04:21:12

प्रतिकृया दिनुहोस्