अमेरिकी राष्ट्रपतिले बताए सुलेमानीको हत्या गर्नुको उद्देश्य

सुलेमानी ४ वटा अमेरिकी दूतावासमा हमला गर्ने तयारीका साथ रणनीति बनाउँदै गरेको सूचना प्राप्त भएपछि आफूले आदेश दिनु परेको बताएका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युज च्यानललाई भर्खरै दिएको अन्तर्वार्तामा सुलेमानी ४ वटा अमेरिकी दूतावासमा हमला गर्ने तयारीका साथ रणनीति बनाउँदै गरेको सूचना प्राप्त भएपछि आफूले आदेश दिनु परेको बताएका छन्। 

यस्तो के भएको थियो, जसका कारण अमेरिकी राष्ट्रपतिले हतारमा इरानी सेनाका सर्वोच्च कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्या गर्न अमेरिकी सेनालाई स्विकृति प्रदान गर्नु पर्यो? गत सातादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनकै देशका सांसदहरू खनिदै आएका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युज च्यानललाई भर्खरै दिएको अन्तर्वार्तामा सुलेमानी ४ वटा अमेरिकी दूतावासमा हमला गर्ने तयारीका साथ रणनीति बनाउँदै गरेको सूचना प्राप्त भएपछि आफूले आदेश दिनु परेको बताएका छन्। 

‘सुलेमानीले ४ वटा अमेरिकी दूतावासमा हमला गर्ने योजना बनाएको गोप्य सूचना प्राप्त भएपछि उनलाई मार्नुबाहेक अन्य विकल्प थिएन,’ अमेरिकी राष्ट्रपतिले भने। सुलेमानीको हत्यापछि ४ अमेरिकी दूतावासमा गर्न लागिएको हमला टरेको उनले बताए। 

सुलेमानी इरानको प्रभावशाली कमाण्डर थिए। उनको हत्याको विरोधमा तेहरान, इरान र केमरानमा निस्किएको विशाल जुलुसले उनको लोकप्रियता बयान गरेको थियो। 

सुलेमानीको हत्याको विरोधमा इरानले इराकस्थित अमेरिकी सैन्य क्षेत्रमा दुई पल्ट हवाई हमला गरिसकेको छ। 
 

प्रकाशित मिति: : 2020-01-12 03:06:50

प्रतिकृया दिनुहोस्