व्यापारीको ‘मटर’भन्दा भारतीय तस्करको मोटरमाथि निगरानी बढाउन अर्थमन्त्री खतिवडाको सुझाव

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारीको मटर (केराउ) र मरिच भन्दा पनि भारतीय मोटर माथि निगरानी बढाउन स्थानीय प्रहरी प्रशासनलाई सुझाव दिएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभालाई शुक्रबार साझ सम्बोधन गर्दै उनले पछिल्लो दिनमा राजश्व तिरेका व्यापारीप्रति तस्करको अभियोग लगाई डर त्रास फैलाउने काम गरिरहेको गुनासोप्रति सीमा नाकामा निगरानी गरेका प्रहरीलाई चोरी पैठारी गर्ने मोटर माथि निगरानी गर्न यस्तो भनेका हुन्।

व्यापारीहरुको गुनासोप्रति वैध सामानलाई अवैध बनाएर व्यापारीहरुलाई दुःख दिने काम गलत भएको भन्दै अर्थमन्त्री खतिवडाले व्यापारीलाई धरपकड तथा थुनछेक नगर्न यसअघि नै निर्देशन दिईसकेएको दाबी गरे।

तर व्यवसायको नाममा जघन्य अपराध गर्ने जो कोहीले पनि उन्मुक्ति नपाउने उनले प्रष्ट पारे।

वीरगन्जका व्यवसायीहरू गतिशिल रहेको र पुराना चुनौतिको सामना गर्दै नयाँ कुराहरु सरकार समक्ष ल्याएर घच्घचाउने काम गरिरहेका प्रति उनले प्रशंसा गरे।

व्यवसायीको समस्याप्रति सरकार मौन रहेको भन्दै उनले सुन्ने र देख्ने अर्थमन्त्री पाईएकाले यसप्रति ढुक्क हुन अनुरोध गरे। उनले विगतका दिन सम्झदै अहिले वीरगंजका व्यापारीहरुलाई भारतीय नोटको समस्या नभएको र भारतसँग व्यापार व्यवसाय गर्न सहज वातावरण भएको प्रस्ट पारे ।

यसैगरी मुलुक उच्च आर्थिक वृद्धिदरको बाटोमा हुँदा बढी लगानी, पूँजिको माग र व्याजदरको समाना गरिरहेको बताउँदै अर्थमन्त्री अतिवडाले यी समस्या बिस्तारै समाधान भईरहेकोप्रति उद्योगीहरूको ध्यानाकर्षण गराए।

विगतको दिनमा बैंकहरूले चर्को व्याजदर लिईरहेको व्यापारीहरुको समस्या अहिले स्थीर भएको तथा छिनछिनमा विद्युत जाने समस्या उद्योग धन्दामा भईरहेको प्रभाव अब नभएको डा. खतिवडाले बताए।

साथै निर्यातजन्य उद्योगहरुलाई विद्युत महशुल कम गर्ने भन्ने विषयमा पहिलो चोटि सरकार छलफलमा उत्रिएको जानकारी गराए। यता बैंकहरुले अहिले लिईरहेका अनावश्यक शुल्क प्रति चाडै विस्थापन गरिने बताए।

करको सम्बन्धमा उनले राज्यले लक्ष्यको लागि नभई नैतिकताको लागि उठाएको भन्दै लगानी मैत्री राजश्व असुली गरिरहेको र बढी कुनै उद्योगबाट राजश्व असुली नगरेको मन्त्री खतिवडाले दाबी गरे।

तीन तहको सरकारले फरक फरक कर उठाउनुभन्दा एकै ठाउँबाट कर उठाएर भागबन्डा गर्दा सहज हुने बताए।

वीरगन्जको भन्सारको विषयमा अर्थमन्त्री खतिवडाले यसलाई प्रवेश मार्ग मात्र भएकोले सामानको कर यहाँका व्यापारी र नागरिकले मात्र नभएर उपभोग गर्ने सम्पूर्ण नेपालीले तिर्दै आएको प्रस्टाए।

वीरगन्जको बाटो हुँदै मालसामान अधिक ढुवानी हुने भएकाले यसलाई औद्यौगीक करिडोर बनाई यहाँका पुर्वाधारको विकासमा अबको दिनमा विशेष ध्यान दिने उनले बताए।

व्यवसायीबाट चोरी पैठारीको घटनाको बारेमा गुनासो आउँदा समाधानको लागि भिसिटिएर लागू गरियो। अहिले हजारौको संख्यामा भिसिटिएर दर्ता भएको उनले जनाए।

प्यानको विषयमा नआत्तिन भन्दै डा. खतिवडाले अर्को वर्षसम्म समस्याको समाधान हुने बताए ।

विकाशको कुरामा मन्त्री खतिवडाले हतारमा भएको विकास दिर्घकालिन नहुने भएकाले यसतर्फ संयमता अपनाउन सम्पूर्णमा अनुरोध गरे।

प्रकाशित मिति: : 2020-01-12 02:38:15

प्रतिकृया दिनुहोस्