शैलुङमा दीपकको आतंकः एनजिओको आवरणमा गाडी र शिक्षिकासहित फरार

सविन ढकाल

काठमाडाै‌ं

शारीरिक अपाङ्गता भएका दीपक दशैँअघि दोलखाको शैलुङ गाउँपालिका पुग्दा धेरैका लागि आशाका केन्द्र बने। दशैँको महोलमा उनी शैलुङ पुगेका थिए। यसै पनि शैलुङ रमाइलो ठाउँ। दशैँको माहोलमा थप रौनक थियो।

गाउँमा बनेका राम्रा स्कुल र कलेजमा उत्तिकै उत्साह थियो। भूकम्पपछि बनेका गाउँका स्कुल र कलेजमै विज्ञान र प्राविधिक शिक्षातर्फ बाली विज्ञान पढाउने तयारी चलिरहेको थियो। तीन वर्षे डिप्लोमा कोर्सको सम्बन्धन पाएपछि शैलुङवासी दंग थिए। भौगोलिक रुपमा विकट शैलुङमा प्राविधिक शिक्षाको पठनपाठन थालनी हुनु सानो कुरा थिएन।

सम्बन्धन पाए पनि क्याम्पसमा भौतिक पूर्वाधार चाहे अनुसार थिएनन्। ल्याब समेत कसरी स्थापना गर्ने भन्ने समस्या थियो। त्यत्तिकैमा गाउँ पुगेका दीपक सबैका आशाको केन्द्र बन्न थाले। दीपकले आफ्नै गैरसरकारी संस्था भएको र त्यसबाट प्राविधिक शिक्षाका लागि सहयोग पुर्‍याउने बताएपछि ढुङ्गा खोज्दा देउता भेटेझैँ भएको थियो, गाउँलेका लागि।

प्रकाशित मिति: : 2020-01-11 06:46:30

प्रतिकृया दिनुहोस्