गाउँमा खानेपानी पुगेपछि खसी काटेर भोज

केराबारी डाँडामा राखिएको ट्यांकीमा जडित धारा खोलेर शुक्रबार बिहान खानेपानी सेवाको उद्घाटन गर्दै मेयर प्रसाईं, उपमेयर पौडेल लगायत। तस्बिर: टंक/नागरिक

चुरे पहाडस्थित हरिवन नगरपालिका वडा नम्बर १ केराबारी टोल निवासी हेमकला राई शुक्रबार बिहान दंग थिइन्। घर छेउकै ट्यांकीमा जडान भएको धाराबाट भरेको पानीको गाग्रो काखी च्यापेर हिड्दै गर्दा उनको मुहारमा मुस्कान देखिन्थ्यो।

हेमकला मात्र हैन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारबाट झण्डै पाँच किलोमिटर उत्तर केराबारी टोलस्थित ६५ घरधुरीका ४ सयभन्दा बढी स्थानीयमा शुक्रबारबाट खुसी छाएको छ। वर्षौंदेखि झण्डै साँढे दुई कोस टाढा पूर्वी खोलामा रहेको कुवाबाट खानेपानी ओसार्न बाध्य स्थानीयले शुक्रबारबाट भने माथि केराबारी डाँडैमा आइपुगेको धाराबाट गाग्रो भर्न पाएका छन्।

प्रकाशित मिति: : 2020-01-11 06:15:10

प्रतिकृया दिनुहोस्