विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी? सिंहदरबारमा कि माइतीघरमा: गगन थापा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकका शब्द–शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। उनले विधेयकको धारा–धारामा र दफा–दफामा छलफल गर्न तयार रहेको बताएका हुन्। 

नेविसंघले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा थापाले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न पनि गरेका छन्।

‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने।उनले प्रश्न गरे।

उनले सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित हुने पनि बताए।

‘केही दिनमा सदन सुरू हुन्छ त्यहाँ हामी यो विधेयक रोक्न पहल गर्छौं,’ उनले भने, ‘हामीलाई तागत दिनुहोस्। विद्यार्थी, विपक्षी दलका साथीहरू, पत्रकार र नागरिकहरू सडकमा आउनुहोस्।’

सूचना प्रविधि विधेयकमा समेटिकै कुरा फौजदारी कानुनमा रहेको पनि उनले बताए। लेख्न÷बोल्न पाउने हक सरकार समर्थितलाई मात्रै दिन खोजिएको पनि उनले दाबी गरे।

‘यो हक सरकारसमर्थित अरिंगालहरूलाई मात्रै छ,’ उनले भने। आलोचना गर्नेलाई काम गरेर जवाफ दिन प्रधानमन्त्रीले सक्नुपर्नेमा कार्यकर्ता ‘अरिंगाल’ परिचाल गरेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-01-10 04:10:33

प्रतिकृया दिनुहोस्