स्व. बिनको सम्झनामा भोजपुरी भाषामा पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गरिने

नेपाल पत्रकारकार महासंघ, पर्साले भोजपुरी भाषामा पत्रकारिता गर्ने पत्रकारलाई प्रत्येक बर्ष नगर रु. ११ हजार राशीसहित पुरस्कृत गर्ने घोषणा गरेको छ। महासंघ पर्साले हरेक वर्ष पुस १३ गते निष्ठा एवम्ं कर्मठ पत्रकारको रुपमा परिचित स्व.विजय प्रकाश बिनको सम्झनामा उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।  

बिहिबार  स्व. बिनको श्रद्धाञ्जलि सभाको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वं. बिनले पत्रकारितामा पु¥याएको योगदानको चर्चा गर्दै उनको जिवनकालमा महासंघ पर्साले सम्मान गर्न नपाउदा दुःख व्यक्त गरे।

स्व. बिनको जिवन पत्रकारिता मै बितेको र उनी सुरुदेखी नै भोजपुरी भाषा प्रति निरन्तर कमल चलाई रहेको हुदाँ उनकै सम्झनामा सम्मान स्वरुप नेपाल महासंघले उक्त पुरस्कारको घोषणा गरेको बताए। 

स्थानिय भाषा र साहित्यमा उनको भूमिका अतुलनिय रहेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान सभा मार्फत श्रद्धान्जलि अर्पण गरे । 

वीरगञ्जबाट प्रकाशित पहिलो भोजपुरी साप्ताहिक सगुनका सम्पादक एवं पुराना वरिष्ठ पत्रकारको रुपमा परीचित विजय प्रकाशबिनको ७९ बर्षको उमेरमा यहि पुस १३ गते निधन भएको थियो । 

लामो समयदेखि प्यारालाईसिस र ब्रेनहेम्ब्रेजबाट पिडित पत्रकार बिन आर्थीक अवस्थाले पनि निकै कमजोर थिए। स्वर्गिय बिनको दुई छोरा, ३ छोरी र श्रीमति छन्। 

स्व. बिन्दु पाण्डे प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका स्व. बिनको सम्झनामा पत्रकार महासंघ पर्साको सभाहलमा प्रतिष्ठान लगायत भोजपुरी टाईम्स दैनीक, नेपाल भोजपरी समाज, सजक , कलियुग संदेश दैनीक तथा सम्पुर्ण भोजपुरी समाज लगायत पर्सैलि पत्रकारको समन्वयमा श्रद्धाञ्जलि सभाको आयोजना गरीएको थियो।
 

प्रकाशित मिति: : 2020-01-10 00:51:10

प्रतिकृया दिनुहोस्