अमेरिकाले किन विश्वास गर्छ एफ–३५ए लडाकु विमानलाई ?

एफ–३५ लाई विशेषत एक्स–३५ जस्तै डिजाइन गरिएको छ। अमेरिकी वायुसेनामा यो ‘प्यान्थर’ को उपनामले पनि चिनिन्छ। 

मध्यपूर्वमा जारी गतिरोधका बीच अमेरिकाले आफ्नो एफ–३५ए लडाकु विमानलाई बाहिर निकालेको छ। अमेरिकासँग अरु पनि थुप्रै अत्याधुनिक विमान छन्। तर, इरानसँग बढ्दो तनावका बीच उसले एफ–३५ए लडाकु विमानलाई नै किन रोज्यो, अहिले यो सबैका लागि कौतुहलको विषय बनेको छ। 

विमानको विषयमा जानकारी राख्नेहरू यसलाई लिएर केही चिन्तित पनि देखिएका छन्। 

अमेरिकाको उथाहस्थित हिल एयर फोर्स बेसमा ‘हात्तिको चाल’ जस्तै तयारी अवस्थामा राखिएको विमानको फोटो यति बेला विश्व मिडियामा भाईरल भइरहेको छ। 

सिङ्गल इन्जिनको जेट

एफ–३५ए लडाकु विमान अमेरिकी कम्पनी ‘लकहिड मार्टिन’ ले निर्माण गरेको हो। यसमा चालकको लागि एउटा मात्र सिट र एक इन्जिन छ।

यसको सबैभन्दा ठूलो विशेषता भनेको यो विमान जुनसुकै मौसममा पनि उडान भर्न सक्छ। यो पाँचौं पिंढीको लडाकु विमान हो। युद्धको बेला विभिन्न भूमिकामा काम लाग्ने हुनाले यो भरपर्दो हतियार पनि हो। यसले आकाश माथिबाट मात्र होइन, भूमिबाट पनि प्रहार गर्न सक्छ। 

यसको निर्माण ‘लकहिड मार्टिन’ले मात्र नभई अन्य कम्पनीले पनि गर्ने गरेका छन्, जसमा नर्थरप ग्रुमन, प्राट एन्ड विट्नी र बीएई सिस्टम समावेश छ। 

एफ–३५ को मात्र ३ भिन्न मोडल

एफ–३५ए लाई कम्पनीले तीन भिन्न मोडलमा तयार पारेको छ, जसको आफ्नै विशेषता छ। एफ–३५ए (क्याटल) परम्परागत रुपमा उडान भर्न र अवतरण गर्न सक्षम मानिन्छ। 

यस बाहेक एफ–३५बी (स्टोभल) ले ‘शर्ट टेकअफ’ र ‘भर्टिकल ल्यान्डिङ’ गर्न सक्छ। यही शृंखलामा रहेको एफ–३५सी लडाकु विमान विशेषत एयरक्राफ्ट करियरको सुविधा अनुसार निर्माण गरिएको हो। यो विमान एयरक्राफ्ट करियरमा अवतरण गर्छ भने ‘टेकअफ’ को समय ‘केटापल्ट’ को प्रयोग गर्छ, जसले केही सेकेन्डमै यसलाई अदभूत स्पीड दिनेगर्छ। एफ–३५ लाई विशेषत एक्स–३५ जस्तै डिजाइन गरिएको छ। अमेरिकी वायुसेनामा यो ‘प्यान्थर’ को उपनामले पनि चिनिन्छ। 

विरोधीको राडारमा देखिदैन

यी सबै विशेषताका बाबजुद यसलाई विरोधीले राडारमा समात्न सक्दैनन्। यसको प्रमुख कारण हो विमानको आकार र फाइबर म्याट। यसैको कारण राडारमा यो एकाएक गायब हुने गर्छ। प्रविधिकै कारण संकेतलाई पनि अवशोषित गर्छ। जेटमा मेशिनगन बाहेक आकाशबाट आकाशमा र जमीनमा मार हान्न सक्ने मिसाइल पनि लोड गर्न सकिन्छ। यसले १९३० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्छ। विमानले ९ सय १० किलोको ६ वटा बम बोक्न सक्छ। 

को–कोसँग छ यो विमान

एफ–३५ मोडलको विमान निर्माणको प्रक्रियालाई रकम उपलब्ध गराउने सम्बन्धमा अमेरिका मात्र समावेश छैन, नाटोका सहयोगी राष्ट्र पनि यसमा सलंग्न छन्। यसमा ब्रिटेन,इटाली, अस्ट्रेलिया, क्यानडा, नर्वे, डेनमार्क, नेदरल्यान्ड र टर्की समावेश छन्। सन् २०१९ को जुलाईदेखि टर्कीलाई भने यसबाट बाहिर राखिएको छ। यो विमान अमेरिका बाहेक अस्ट्रेलिया, बेल्जियम, डेनमार्क, इटाली, जापान, नेदरल्यान्ड, नर्वे, पोल्यान्ड, दक्षिण कोरिया र टर्कीसँग छ। 

अमेरिकाको सबैभन्दा महंगो प्रोजेक्ट

एफ–३५ लडाकु विमान अमेरिकाको सबैभन्दा महंगो प्रोजेक्ट मानिन्छ। २०१३ र २०१४ मा यसको विषयलाई लिएर सरकारप्रति प्रश्न उठेको थियो। त्यो २ वर्षको दौरान प्रोजेक्टको कूल राशी १ सय ६३ विलियन अमेरिकी डलर पुगिसकेको थियो। 

२०१६ मा पहिलो उडान 

एफ–३५ को मोडलको कुरा गर्दा यसले १५ डिसेम्बर २०१६ मा पहिलो उडान भरेको थियो। जुलाई २०१५ मा अमेरिकी सरकारले अमेरिकी मरिनका लागि पहिलो ‘स्क्वाइड्रन’ गठन गर्यो। यसपछि अगस्ट २०१६ मा अमेरिकी वायुसेनाले यसको पहिलो ‘स्क्वाइड्रन’ को गठन गर्दै उडानको तयारी गरेको थियो। अमेरिकाले फेब्रुअरी २०१९ मा यो विमानलाई आफ्नो नौसेनामा पनि समावेश गर्यो। 

मध्यपूर्वको कुरा गर्दा १५ अप्रिल २०१९ मा अमेरिकाले युएईको अल दाफरा एयरबेसमा यसलाई पहिलो पल्ट समावेश गरेको थियो। यही वर्ष उत्तरी इराकमा पहिलो पल्ट आइएस क्षेत्रमा हमला गर्न पनि प्रयोग भयो। 
 

प्रकाशित मिति: : 2020-01-09 23:29:31

प्रतिकृया दिनुहोस्