ओमानमा भ्रमण बर्ष २०२० शुभारम्भ गरिँदै

नेपाली दूतावास मस्कटले आउने शुक्रबार अर्थात १० जनवरी मा औपचारिक रुपमा नेपाल महोत्सव गरि नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गर्ने भएको छ। मस्कट भन्दा १३४ किमि टाढा रहेको आइएमटीआई भिलेजमा उक्त कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ।

दूतावास जारी विज्ञप्तीमा शुक्रवार ३ बजे औपचारिक रुपमा उद्घाटन गरिने उल्लेख गरिएको छ। कार्यक्रममा नेपाली खानाका परिकारहरु सहित नेपाली भेषभुषा अनि नेपाली उत्पादन सामानहरु समेत प्रदर्शन गरिने जनाइएको छ। कार्यक्रममा उपस्थित हुने सबै पाहुनाहरुको लागि नेपालि खानाका परिकारसहित नेपालबारे प्रचारप्रसार गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ।

राजदूत शर्मिला पराजुली ढकालका अनुसार नेपाल महोत्सव लगत्तै एक महिनाको लागि मस्कट फेस्टिभलमा नेपाली स्टल राखिने छ। जसलाइ ओमानस्थित सम्पुर्ण सकृय संस्थाहरुले सहयोग गर्ने छन्। यसका साथै अन्य विभिन्न कार्यक्रम हरु आयोजना गरेर भ्रमण बर्ष २०२० लाइ प्रचारप्रसार गरिने उनले जानकारी दिइन्।

कार्यक्रममा आइएमटीआई भिलेजमा रहेका लगभग १५०० ओमानी नागरिकहरुलाइ निमन्त्रणा गरिएको छ। 

प्रकाशित मिति: : 2020-01-08 11:28:12

प्रतिकृया दिनुहोस्