छोरी शिक्षा बिमा कार्यक्रमलाई सफल पार्न सबैको सहयोग आवश्यक छ: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले'बेटी पढाउ, बेटी बचाउ'अभियान अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रमलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

आइतबार वीरगञ्जमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले अन्य प्रदेशको भन्दा फरक कार्यक्रमलाई सबैले सहयोग गरेर सफल बनाउनु पर्नेमा जोड दिए ।

उनले प्रदेशका प्रत्येक ग्रामिण बस्तीमा बसोवास गर्ने विपन्न, गरिव, असहाय, परिवारको घर–घरमा पुगेर छोरी शिक्षा बिमाका लागि खाता खोलिने बताउँदै गाउँका विपन्न, दलित, समुदायका परिवारले अब आफ्नै घरमा सेवा लिन सकिने जानकारी दिए। 

मुख्यमन्त्री राउतल गत वर्ष माघ १ गते देखि प्रदेश नम्बर २ मा जन्मेका छोरीहरुको शिक्षाका लागि बिमा गर्ने प्रदेश सरकारले घोषणा गरे पनि कर्मचारी अभाव लगायतका कारणले सोचे अनुरुपको बिमा हुन नसकेपछि प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगेर बिमा लगायतका अन्य सुविधा प्रदान गर्नका लागि सप्ताहव्यापी शिविरको आयोजना गर्न लागिएको बताए। 

अगामी २ माघबाट संचालन हुने प्रदेश स्तरीय छोरी शिक्षा बिमाका लागी प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिको बैठक मार्फत छोरी शिक्षा बिमा शिविर सप्ताह संचालन गर्ने निर्णय भएको उनले बताए।
 

प्रकाशित मिति: : 2020-01-06 10:54:19

प्रतिकृया दिनुहोस्