पोखराको प्रमुख गन्तब्य स्थल सराङकोट । फेवातालबाट १२ किलोमिटर उत्तरमा पर्ने यो ठाउँ पर्यटन वर्ष–२०२० को प्रमुख पर्यटकीय स्थल पनि हो।
नेपाल घुम्न आउने अधिकांश पर्यटक सराङकोट नपुगी फर्किदैनन्।
सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा पर्यटकको प्रमुख गन्तब्य स्थल पोखरा बेहुली झंै सिंगारिएको अनुभवले मन फुरुङ थियो।
माछापुच्छ्रे र अन्नपूर्ण हिमालको घुम्टो ओढेर हजारौ पर्यटकलाई आफूतिर आकर्षित गरिरहेको पोखराका हरेक गन्तब्य स्थल उत्तिकै मनमोहक छन्।
भ्रमण वर्षले पोखरालाई खुबै सिंगारेको हुनुपर्छ भन्दै हामी साथीहरूले पोखरा घुम्न जाने निधो गर्यौ। पूर्वाधारको हिसावले पोखरामा न त कुनै नौलो पन थियो, न स्थानीय व्यापारी व्यवसायीमा पर्यटन वर्षको रौनक नै।
‘पर्यटन वर्ष पैसा पचाउने मेलो पो हो त, पूर्वाधार विकासका लागि हो र?’, पोखरावासी यही प्रश्न हामीसँग गर्दैथिए।
उदाउँदो सूर्यलाई भ्यू टावरमा पुगेर हेर्ने इच्छासहित बिहान ५ बजे साराङकोट उक्लिएका थियौं।
३० रुपैयाको टिकट काटेपछि बल्ल भ्यू टावरसम्म पुग्न पाइने रहेछ। विदेशी पर्यटकको हकमा सय रुपियाँ। सराङकोट पुग्दासम्म बाटोमा खनेको सडकको खाल्डाखुल्डी अनि धुलोले काठमाडौंको धुलोधुँवाबाट केही मात्रा भए पनि पारपाउने आशा राखेर गएका हामीलाई वाक्क बनायो।
पर्यटन प्रवद्र्धनको लागि सरकारले ल्याएको योजना र खर्चिएको बजेट अहँ कहीकत्तै खर्च भएको गन्ध हामीले पाएनौं। बाटोमा हिड्ने विदेशी पर्यटक नाकखुम्चाउँदै मास्क लगाएर हिडेका थिए।
भ्यू टावरको फेदमा पुग्दा मौसम नखुलेकाले आडैमा रहेको क्रोनी कटेज नाम गरेको सानो होटलमा पुगेर थकाई बिसायांै। खाईलाग्दो ज्यान भएका बाजे साइडमा एउटा झोला भिरेर हँसिलो मुद्रामा हामीलाई स्वागत गर्न उभिएका थिए। साराङकोट नजिकै घर भएका उनी चियाबाजेको नामले प्रख्यात रहेछन्। तर, उनी नाम अनुसार चिया मात्र बेच्ने काममा सक्रिय रहेनछन्, उनी टुरिस्ट गाइड पनि रहेछन्।
चियाको अर्डरसँगै उनी हामीसँग गफिन थाले। भिडियो खिच्न लागेको देखेर उनी मज्जाले हाँस्दै नाचेर गफ गर्न सुरु गरे।
उनीसँग मेरो प्रश्न थियो, ‘पोखरा अनि सराङकोटमा पर्यटन वर्षको चहलपहल कत्तिको छ?’
उनको जवाफ थियो, ‘के कुरा गर्नु। कुरा गर्ने लाज लाउच। दुई वर्षमा बनाउन पर्ने बाटो ७ वर्षसम्म सकिएको छैन। जनतासँग उठाएको करको आधा पैसा विकासको नाममा खर्च गर्ने भने? खै त ?’
उनले साराङकोट भ्यू टावर हेर्न हजारांै पर्यटक आउने तर माथि एउटा पनि गतिलो ट्वाईलेट नभएको भन्दै मन अमिलो पारे।
‘अन्नपूर्ण आधार शिविर जानुस् त सुत्ने ठाउँ छैन। सानो कोठमा १५–१६ जना कोचिएर सुत्नुपर्छ । यसरी पर्यटक बढ्छन्?’ उनले पीडा पोखे।
६० वर्ष पहिला नेपालले सिरक–डसना तथा धान–चामल दक्षिण कोरिया पठाउने गथ्र्यो। अहिले कोरियाले विकाशको मुद्धामा थुप्रै विकसित राष्ट्रलाई पनि पछाडि छोडिसकेको छ।
‘अरु देशका मन्त्री काम गर्न नसके राजिनामा दिन्छन्। तर हाम्रो देशका मन्त्रीको परिपाटी सबैलाई थाहा छ’, उनले ब्यङ्ग गरे। उनको गफसँगै चिया पनि सकियो। मौसमले केही साथ दिने छाँट देखाएपछि हामी पनि साराङकोटस्थित भ्यू टावरतिर उक्लियौं।
उनले भनेजस्तै भ्यू टावर उक्लिने क्रममा हामीले न त त्यहाँ राम्रो शौचालय देख्यौं, न त पर्यटक आकर्षण गर्ने विशेष केही पूर्वाधार। टावर छेउमै पुग्दा आडैमा बन्दै गरेको भवन, त्यस वरिपरी खाल्डाखुल्डी, ढुङ्गा–माटो, अनि धुलो। त्यही वरिपरी केही भारतीय पर्यटक बाक्लो हुस्सुका बीच सूर्य उदाएको हेर्न नपाउँदा यताउति छटपटाइरहेका थिए। तर, सूर्य नउदासम्म यी पर्यटकलाई भुलाउने अन्य वैकल्पिक योजना त्यहाँ थिएन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया