म उनको नाम भन्न चाहन्न । २०४७ सालको कुरा हो । सापकोटा थरका एक अधिकृत सुर्खेतको सरकारी कार्यालयमा जागिरे थिए । उनको घर अर्घाखाँची ।
सापकोटाले खाना पकाउन, घरायसी कामका लागि मगर थरकी एक युवतीलाई राखेका रहेछन् । १८ वर्षकी उनको घर सुर्खेतको च्यार्कुले थियो । नाम गुड्डी थापामगर । सापकोटाको कुदृष्टि उनीमाथि पर्यो र नाजायज सम्बन्ध राखे ।