नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् ।
तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन । डा. थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ । केही दिनअघि मात्रै डिआइजी डा. आशा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।